Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बल्खुमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु

काठमाडौं । काठमाडौंको बल्खुमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। मिनी ट्रकको ठक्करबाट काठमाडौं सीतापाइला बस्ने कैलाली गोदावरी नगरपालिका–१२ घर भएका २७ वर्षीय चेत राज जोशीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

शनिबार बिहान काठमाडौं महानगरपालिका–१४ बल्खुमा बा ३ ख ९३६९ नम्बरको मिनिट्रकले बा ८८ प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको बल्खुस्थित वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक काठमाडौं सीतापाइला बस्ने २२ वर्षीय ईश्वर भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077