Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सुतेको बेला आमाको मृत्यु, ‘मम्मी सुतिरहनुभएको छ’ भन्दै दुई बालिका शवसँगै सुते

एजेन्सी । उत्तरपश्चिमी फ्रान्समा अचानक मृत्यु भएकी आमाको शव लिएर ५ र ७ वर्षका दुई बहिनीले केही दिन एउटा अपार्टमेन्टमा बिताएका भेटिएको क्षेत्रीय अभियोजनकर्ताले शनिबार बताएका छन्।

“शान्त रहुनुहोस्, मम्मी सुतिरहनुभएको छ,” प्रहरीले महिला र बालबालिकाबारे जानकारी लिन पुग्दा बालिकाहरूले बताएका प्रत्यक्षदर्शीले एएफपीलाई जानकारी गराए। मानस शहरमा बुधबार लामो अनुपस्थितिपछि विद्यालयबाट जानकारी गराएपछि उनीहरूको अपार्टमेन्टमा आएका प्रहरी अधिकारीहरूलाई बालिकाहरूले नचलाउन भनेका बताएको अभियोजनकर्ताको कार्यालयले बतायो।

त्यसपछि सुरक्षा अधिकारीले आफूहरूले ममीसँग भेटेर जाँने बताएपछि बालिकाहरूले ढोका खोलिदिएका थिए। परीक्षणपछि ती महिलाको केही दिन पहिले नै मृत्यु भएको बताएका थिए। सन् १९९० मा आइभोरी कोस्टमा जन्मेकी र प्राकृतिक मृत्युवरण गरेकी ती महिला केही बर्षदेखि फ्रान्सको मानस सहरमा बस्दै आएकी पत्ता लागेको छ।

घटनापछि ती केटीहरूलाई अस्पताल लगेर स्याहार केन्द्रमा राखिएको छ भने उनीहरूलाई मनोवैज्ञानिक परामर्श दिइराखिएको छ। तिनीहरूले आफ्नी मृत आमासित अपार्टमेन्टभित्र कति समय बिताएका थिए भन्ने कुरा अझै स्पष्ट हुन नसकेको प्रहरीले बताएको छ।

मानसकी अभियोजनकर्ता डेल्फिन डेभले एएफपीसँग भनिन्, “हामीले आपराधिक सम्लग्नता (परिकल्पना) लाई इन्कार गरेका छौं। अब हामी केही दिन पर्खेर ती सानी छोरीहरूको साक्षी बयान लिने कोसिस गर्नेर्छौं।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077