Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्ता गठबन्धनमा अझै मिलेन मन्त्रालयको भागबन्डा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले सत्ता गठबन्त्रनका दलहरुबीच मन्त्रालयको भागबन्डा नमिलेको खुलासा गररेका छन्। भुसालले रकार गठनमा ढिलई हुनुमा अझै मन्त्रालय बाँडफाँडमा सहमति नहुनु प्रमुख कारण रहेको जानकारी दिएका हुन्।

रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले मन्त्रालय टुँगो लाग्नेबित्तिकै दलहरुले मन्त्रीहरुको नाम दिने बताए। उनले छिटै सरकारले छिट्टै पूर्णता पाउने पनि बताए।

भुसालले अहिले अर्ली इलेक्शन गर्ने कुरा असम्भव रहेको पनि टिप्पणी गरे। उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद् चल्न नदिनुलाई लोकतन्त्र र संविधानमाथिको हमला भएको टिप्पणी गरे।

एमालेले आगामी निर्वाचनमा एक्लैले बहुमत ल्याउँछु भन्नु हावादारी कल्पनामात्रै भएको उनले बताए। भुसालले एमालेको प्रथम विधान महाधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा गीत गाउने कुम्भमेलाको संज्ञा दिदै कुनै विचार र दृष्टिकोण नै नरहेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077