Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अभिनेत्री सौजन्यले किन गरिन् आत्महत्या ? यस्तो छ सुसाइड नोट

एजेन्सी । केही कन्नड फिल्ममा अभिनय गरेकी सौजन्याले आफ्नै अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरेकी छिन्। उनले केही सिरियल र कन्नड फिल्ममा काम गरेकी थिइन्।

बिहिबार बिहान बेंगलुरुको अपार्टमेन्टमा उनी मृत पाइएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन्। आत्महत्यापछि सोधपुछ गर्दा प्रहरीले उनको शवसँग सुसाइड नोट भेटेको छ।

उक्त सुसाइड नोटमा उनले आफ्ना आमाबुवालाई माफी माग्दै, आफ्नो मृत्युका लागि कसैलाई पनि जिम्मेवार नदेखाउन लेखेकी छिन्। प्रहरीले उनका नजिकका साथिसंग सोधपुछ गर्दा पनि अहिले सम्म कुनै पनि सबुत फेला परेको छैन।

उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएतापनि जीवनमा उनले जे जति भोगिन् त्यसले उनलाई मानसिक रुपमा तनाव दिएको नोटमा लेखेकी छिन्। अन्त्यमा उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएकी छिन्।

दक्षिण भारतमा उदयीमान कलाकारको छबि बनाएकी सौजन्या लाई स्थापित हुने चुनौती थियो तर उनले परिवारलाई चिट्ठी लेख्दै प्राण त्याग गरिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077