Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साउथ ह्याम्टनलाई हराउँदै चेल्सी शीर्षस्थानमा

एजेन्सी – प्रिमियर लिग फुटबलमा चेल्सीले साउथह्याम्टनलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा चेल्सीले साउथ ह्याम्टनलाई ३–१ गोलले हराएको हो।
चेल्सीको जितमा ट्रेभो चालोबा, टिमो वार्नर र बेन चिलवेलले गोल गरेका थिए।

ट्रेभो चालोबाले नवौं मिनेटमा गोल गर्दै चेल्सीलाई अघि बढाएका थिए। चिवेलको कर्नलाई रुवेन लोफ्टस चिकले हेड गरेपछि पोष्ट नजिक रहेको चालोबाले हेडमार्फत नै गोल गरेका थिए।

साउथ ह्याम्टनले ६१ औं मिनेटमा पेनाल्टी गोलमार्फत खेलमा बराबरी गरेको थियो। टिनो लिभ्रामेन्टोलाई चिलवेलले फाउल हानेपछि साउथह्याम्पटनले पेनाल्टी पाएको थियो। जेम्स वार्ड प्रोवसेले पेनाल्टीमा गोल गरेका थिए।

८४ औं मिनेटमा एज्पिक्युटाको क्रसमा वार्नरले चेल्सीका लागि दोस्रो गोल गरेका थिए। चिलवेलले ८९ औं मिनेटमा नजिकबाट भलिमार्फत गोल गरेपछि चेल्सीले सिजनको सातौं खेलमा पाँचौ जित निकालेको हो।

एक खेलमा बराबरीमा रोकिएको चेल्सीले अर्को खेलमा भने हार बेहोरेको थियो। शनिबारको जितपछि १६ अंकका साथ चेल्सी शीर्षस्थानमा उक्लेको छ। १ खेल कम खेलेको लिभरपुलको १४ अंक छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077