Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • लण्डनमा नेपालीले बेच्न थाले कोदोको रक्सी, एक बोटलको मूल्य ४ हजारभन्दा बढी

    लण्डनमा नेपालीले बेच्न थाले कोदोको रक्सी, एक बोटलको मूल्य ४ हजारभन्दा बढी

    अनलाइन नेपाल
  • आइतबार, १७ असोज २०७८
  • 6.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । बेलायत (लण्डन)मा बसोबास गर्ने नेपालीहरुले नेपालमा परम्परागत रूपमा उत्पादित हुँदै आएको कोदोको मदिरा (रक्सी) बजारमा बिक्रि बितरण सुरु गर्ने भएका छन्।

    बेलायतमा कोदोको रक्सीलाई ब्रान्डेड बनाउने उदेश्यले कोदो लिमिडेट कम्पनीको स्थापना समेत भएको छ। कम्पनीका अनुसार उक्त रक्सीको यही अक्टोबर १० गते अल्डरशटमा एक औपचारिक रुपमा उदघाटन गर्न लागिएको छ।



    उत्पादक कम्पनीका अनुसार ‘प्योर कोदोको रक्सी’ र ‘तीनपाने कोदोको रक्सी’ गरी दुई प्रकारको रक्सी उत्पादन गरी विक्री शुरु गर्न लागिएको छ ।



    तीनपाने कोदोको रक्सीको २० सी एल बोटलमा २०० एमएल रक्सी राखिएको छ भने ६० प्रतिशत अल्कोहल रहेको छ, यस्तै ‘प्योर कोदोको रक्सीमा ७० सी एल बोटलमा ४० प्रतिशत अल्कोहल रहेको बताइएको छ ।

    कम्पनीले ‘प्योर कोदोको रक्सी’ प्रतिबोतल २५ पाउण्ड ९९ पेन्स (४१ सय ६५ रुपैयाँ) तोकेको छ।यस्तै, तीनपाने कोदोको रक्सीको १२ पाउण्ड ९९ पेन्स (२ हजार ८० रुपैयाँ) मूल्य तोकिएको कम्पनीले जनाएको छ।

    विशेषगरी राई, गुरुङ, लिम्बु, मगर, तामाङ, शेर्पालगायत जनजातीहरू माझ कोदोको रक्सी निकै लोकप्रिय रहेको छ । उक्त रक्सीलाई बेलायतमा व्यवस्थित तरिकाले बेच्न लागिएको कम्पनीको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार