Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

१० जिल्लाका सीडीओहरुको सरुवा, को कहाँ पुगे ? (नामावली)

काठमाडौं । गृह मन्त्रालयले १० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङका अनुसार गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले शुक्रबार नै १० जिल्लाका सीडीओको सरुवा गरेको हो।

मन्त्रालयले यस अघि  नेपाल–चीन सीमा विवादबारे अध्ययन समितिका संयोजक रहेका सहसचिव जयनारायण आचार्यलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा सरुवा गरेको छ। यस्तै, भोजपुरको सीडीओमा मन्त्रालयका सहसचिव कमलराज ढकाललाई पठाइएको मन्त्रालयले जनाएको छ।

यसैगरी लमजुङमा सुशील वैद्य, डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोमबहादुर महत, मनाङमा रविन्द्र आचार्य, डडेलधुरामा मोहनराज जोशी र म्याग्दीमा चिरञ्जिवी राना, रसुवामा नमराज जैसी र तेह्रथुममा अनोज घिमिरेलाई सरुवा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077