Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अफगानिस्तानमा गोली चल्यो, एक पत्रकारसहित तीनको मृत्यु

एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा एक पत्रकारसहित तीन व्यक्तिको गोली हानी हत्या गरिएको अधिकारीहरुले आइतबार जनाएका छन् ।

जलालाबाद शहरमा शनिबार साँझ आफ्ना आफन्तसंग घुमिरहेका पत्रकार सेयद मरोफ शादातलाई लक्षित गोली प्रहार भएको जनाइएको छ । बन्दुकधारीले उनीहरुलाई गोली हानेको एक सुरक्षास्रोतले नाम नबताउने शर्तमा सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

गोली प्रहारबाट शादातका छोरा र गाडीका चालक घाइते भएका जनाइएको छ । एक स्वतन्त्र अफगान मिडिया समूह अफगान पत्रकार सुरक्षा समिति (एजेएससि) ले हत्याको निन्दा गरेको छ ।

गोली प्रहारको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन । स्रोतका अनुसार तालिबान अधिकारीहरुले यस घटनाको अनुसन्धान गरिरहेका छन् ।

अफगानिस्तानको राजाधानी काबुलको पूर्वमा १२० किलोमिटर टाढा रहेको जलालाबाद शहरमा इस्लामसँग सम्बद्ध आतंकवादीहरुले हमला गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077