Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाल–भारत संयुक्त सैन्य अभ्यास: दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने विश्वास

काठमाडौँ । भारतको पिथौरागढमा सञ्चालित “एक्स सूर्य किरण” पन्ध्रौँ समूहको नेपाल–भारत गणस्तरीय संयुक्त सैनिक अभ्यास सम्पन्न भएको छ । नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा ३०० र भारतीय सेनाका ४०० जना फौजको सहभागिता रहेको उक्त अभ्यास यही असोज ४ देखि १६ गतेसम्म भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सैनिक युद्धकला, प्राकृतिक प्रकोप एवं कोभिड–१९ महामारीजस्ता विपद्का बेला सुरक्षा फौजको भूमिकाको व्यावहारिक अभ्यासका साथै सहभागी फौजले आ–आफ्नो पेशागत अनुभवसमेत अभ्यासका क्रममा साटासाट भएको थियो ।

भारतीय सेना मध्य कमाण्ड सेनापति रथी एसएस महलद्वारा शनिबार अन्तिम प्रवचन भएको उक्त अभ्यास समापन समारोहमा नेपाली सेनाको मध्य कमाण्ड सेनापति उपरथी विनयविक्रम राणा, ३ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी कुमारबाबु थापा तथा नेपाल र भारतका सैनिक सहचारीलगायत सहभागी रहेको सेनाले जनाएको छ ।

संयुक्त सैनिक अभ्यासले दुई देशबीचको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन तथा सकल दर्जामा आधारभूत सैनिक सीपको विकास एवं आपसी समझदारी बढाउन योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077