Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पोखरामा जग्गा पासको नाममा ठगी, मालपोतका लेखनदास रकमसहित पक्राउ

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले जग्गा पास गर्नमा सहयोग गरी दिन्छु भन्दै ठगी गरेको आरोपमा मालपोतका लेखनदासलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा मनपा-२३ चापाकोट घर भई हाल पर्स्याङ बस्ने वर्ष ५६ बर्षीय मातृका बस्ताकोटी रहेका छन् ।  बस्ताकोटीलाई शुक्रबार पच्चीस हजारसहित वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका बस्ताकोटीले पोखराका सन्तु ढकाल पौडेलको जग्गा मनहरी तिमिल्सिनाले किन्न लागेकोमा लेखन्दास बस्ताकोटीले छिटो र सुलभ तरिकाले जग्गा पास गराइदिन्छु भन्दै पच्चीस हजार लिएका थिए।

पक्राउ परेका बस्ताकोटीलाई ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसूरमा  जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077