Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्युत् पोल भाडा विवाद तत्कालका लागि टुंगियो, छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट, टेलिफोन तथा केबल टेलिभिजन सेवा प्रदायकहरूबीच चलिरहेको पोल भाडा विवाद तत्कालका लागि टुंगिएको छ ।

आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा दुई पक्षबीच सहमति भएको  मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सहमतिपछि प्राधिकरणले सेवा प्रदायकहरुको तार काट्न नपाउने, मर्मतसम्भारमा अवरोध नगर्ने र सेवा प्रदायकहरुले कात्तिक ३० सम्ममा सम्झौता नवीकरण गरेर प्राधिकरणलाई बुझाउने सम्झौता भएको  छ।

[insert page='89760' display='yopanipadhnuhos.php']

यस्तै, भाडा विवादबारे विस्तृतमा अध्ययन गर्न सञ्चार मन्त्रालयको सहसचिव संयोजक रहने गरी कार्यदल गठन गरिएको छ । कार्यदलमा ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण र सेवा प्रदायकहरुको प्रतिनिधित्व रहने मन्त्रालयको भनाइ छ। यो कार्यदललाई प्रतिवेदन बुझाउन मंसिर १५ गतेसम्म समय दिइएको छ।

[insert page='89896' display='yopanipadhnuhos.php']

प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको पहलमा अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा तिर्ने सम्झौता गरेका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको शनिबारदेखि तार काटिको थियो ।

[insert page='89915' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077