Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नेपाली कांग्रेस संखुवासभा सभापतिमा दीपक खड्का विजयी

संखुवासभा । नेपाली कांग्रेस संखुवासभाको पार्टी सभापतिमा दीपक खड्का विजयी भएका छन्। सोमबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री खड्का दोश्रोपटक जिल्ला सभापतिमा निर्वाचित भएका हुन्।

शनिबार उद्घाटन भएको जिल्ला अधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि आइतबार मतदान भएको थियो। कुल खसेको १३५२ मतमध्ये खड्काले ११९८ मत प्राप्त गरे।

यस्तै उपसभापतिमा रामकुमार जिमी (९१६), अनन्त गौली (६७०), सचिवमा टकमान घले र कुमारबाबु अधिकारी, सहसचिवमा किशोर कुमार गुरुङ र सुवास कालाखेती विजयी भएको जिल्ला निर्वाचन समितिले जनाएको छ।

खड्का संस्थापनइतर समूहका नेता हुन्। उनीसँग चुनावी प्रतिस्पर्धामा राइमान राई थिए। कांग्रेसको जारी अधिवेशनअन्तर्गत अहिलेसम्म ६ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ। मनाङ, मुस्ताङ, हुम्ला, कालीकोट, रुकुमपूर्व र संखुवासभामा जिल्ला अधिवेशन सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077