Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानन्यायाधीशले भने- मन्त्रीको कोटा मागेको छैन, हल्ला मात्रै हो

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले मन्त्रिपरिषदमा आफ्नो भागबाट पनि एक जना मन्त्री बन्न लागेको भन्ने समाचारमा सत्य नभएको बताएका छन् ।

सोमबार बिहान सर्वोच्च बार एसोसिएसनका पदाधिकारीहरुसँग भएको भेटमा प्रधानन्याधीश जबराले सो कुरा सत्य नभएको भन्दै त्यसको खण्डन गर्ने बताए ।

[insert page='89998' display='yopanipadhnuhos.php']

भेटमा प्रधानन्यायाधीश राणाले सरकारमा कोटा मागेको चर्चा चलेपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीले यस प्रष्ट पार्न  प्रधानन्यायाधीशसँग आग्रह गरेका थिए ।

जवाफमा प्रधानन्यायाधीश राणाले आफूले त्यसप्रकारको कुनै कुरा नगरेको प्रस्ट पार्दै यस विषयमा सर्वोच्च अदालतले नै चाँडै विज्ञप्तिमार्फत खण्डन गर्न लागेको जानकारी दिए ।

[insert page='90080' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077