Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • माइत हिँडेकी महिला मृत फेला : जेसीबीका मालिक, चालक र सहचालक पक्राउ

    माइत हिँडेकी महिला मृत फेला : जेसीबीका मालिक, चालक र सहचालक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १८ असोज २०७८
  • 2.4K
    SHARES

    दाङ । शनिबार माइत जान्छु भनेर हिँडेकी महिलाको आइतबार बाटोमा शव भेटिएपछि उक्त प्रकरणबारे अनुसन्धान गर्न प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार शनिबार साँझ साढे ५ बजेतिर माइती घर जान्छु भनेर घरबाट हिँडेकी रामकली खत्रीको शव आइतबार बेलुका साढे ७ बजेतिर बीच बाटोमै फेला परेको थियो।

    माइती जान भनेर हिंडेकी बागचौर नगरपालिका–२ गैरीकी ५४ वर्षीया खत्रीको शव चोटपटक लागेको अवस्थामा बाटोमै फेला परेको थियो ।



    सल्यान प्रहरीलले अनुसन्धानका लागि भन्दै जेसीबीका मालिक, चालक र सहचालकलाई पक्राउ गरिएको जनाएको छ । सल्यान प्रहरी प्रमुख डिएसपी गोविन्द थापाका अनुसार खत्री हिंडेको समयमा उक्त बाटोमा जेसिबीबाहेक अरू कुनै पनि यातायातका साधन सञ्चालनमा आएको नदेखिएपछि उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।



    शनिबार खत्री हिँडिरहेको बाटोमा जेसिबीले सडक मर्मतको काम गरिरहेको हुँदा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार मृतकको कान, ढाड र हातमा गाडीले किचेकोजस्तो घउ समेत देखिएको छ। खत्रीको घर र माइती घरको दूरी तीन किलोमिटर जति रहेको र बीच बाटोमा उनको शव फेला परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार