Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • शौचालय गएकी बालिकाको विभत्स हत्या, टाउको छिनालियो

    शौचालय गएकी बालिकाको विभत्स हत्या, टाउको छिनालियो

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 5.2K
    SHARES

    फाइल तस्विर

    मोरङ । मोरङमा शौचालय गएकी बालिकाको सोमबार राति घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरिएको छ ।

    जिल्लाको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलस्थित १५ वर्षीया ज्ञानुमती राईको अज्ञात व्यक्तिले राति करिब १० बजे विभत्स हत्या गरेका हुन् ।



    ती बालिकाको खोटाङको एसेलुखर्क गाउँपालिका वडा नम्बर ६ स्थायी घर हो । दुई वर्ष अगाडीदेखि फुपूको छोरा दाजु पर्नेको घरमा बसेर पञ्चायत माविमा कक्षा ७ मा अध्ययन गर्दै आएकी बालिकाको टाउको र शरीर छुट्टिने गरी हत्या भएको प्रहरीले जनाएको छ ।



    अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालयको टोली तथा मोरङ जिल्ला प्रहरी प्रमुख नवराज कार्की पनि पुगेका छन् ।

    घट्नाको अवस्था जटिल रहेको र हत्यारा अहिलेसम्म पत्ता लाग्नु नसकेकोले तालिम प्राप्त कुकुर कोशी अञ्चल प्रहरी कार्यालय धरानबाट ल्याएर घटनास्थलको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा थप प्रष्ट हुने प्रहरीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार