Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • एकै परिवारका तीन जनाको विभत्स हत्या आरोपी प्रहरीद्वारा सार्वजनिक

    एकै परिवारका तीन जनाको विभत्स हत्या आरोपी प्रहरीद्वारा सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 879
    SHARES

    उदयपुर । उदयपुरमा एकै परिवारका तीनजनाको विभत्स हत्या गरेको आरोपमा पक्राउ परेका युवालाई प्रहरीले सार्वजनिक गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गर्दै बेलका नगरपालिका-७ गोवाटार मैनामैनीमा ४३ वर्षीय नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो ।



    शुक्रबार स्थानीय बबिङ खोलामा एकै परिवारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको शव विभत्स ढंगले हत्या गरिएको अवस्थामा भेटिएको थियो ।



    तीनैजनामाथि धारिलो हतियार प्रयोग गरिएको पाइएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पक्राउ परेका नरबहादुरले राजकुमारसहित श्रीमती र छोरालाई खोलाको धान खेत नजिक खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

    बिहान साढे ११ बजे भएको घटना एकान्त ठाउँमा भएकाले दिउँसो ३ बजे मात्र जानकारी पाएको उदयपुर प्रहरी प्रमुख एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

    हत्याआरोपी बस्नेतलाई जिल्ला अदालत उदयपुरबाट ७ दिनको म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार