Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • १५ वर्षीया ज्ञानमतिसँग ३८ वर्षीय विवाहित चौधरीको प्रेम सम्बन्ध, विवाह गर्न नमानेपछि हत्या !

    १५ वर्षीया ज्ञानमतिसँग ३८ वर्षीय विवाहित चौधरीको प्रेम सम्बन्ध, विवाह गर्न नमानेपछि हत्या !

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 5.2K
    SHARES

    मोरङ । सोमबार राति मोरङको पथरीशनिश्चरे– ७ लामाटोलीमा १५ वर्षीया सन्जना भन्ने ज्ञानमति थुलुङ राईको धारिलो हतियार प्रहार गरेर हत्या भयो ।

    खोटाङको ऐंसलुखर्क गाउँपालिका–६ सल्ले घर भई पथरीशनिश्चरे नगरपालिका–७ स्थित लामाटोलीमा बस्दै आएकी राईको सोमबार राति १० बजे शौचालय जाँदै गर्दा हत्या भएको थियो ।



    सो आरोपमा मोरङ ग्रामथान गाउँपालिका घर भई बाराको जितपुर सिमरा उपमहानगरपालिका बस्ने ३८ वर्षीय धीरेनकुमार खाँ चौधरीलाई मंगलवार मोरङ प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । हत्यापछि फरार रहेका चौधरीलाई बेलबारीस्थित भाउन्नेको जङ्गलबाट सोमवार राति साढे २ बजे पक्राउ गरिएको थियो ।



    मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार किशोरीको परिवारले विवाह गर्न नमान्दा उनको हत्या भएको खुलेको छ । “चौधरी र राईबीच डेढ वर्षदेखि प्रेम सम्बन्ध रहेछ । केटीको परिवारले विवाह नगरिदिने बुझेपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,” एसपी कार्कीले भने ।

    मृतक बालिकाको नाममा फेसबुक, इन्स्टाग्राम, इमो लगायतमा आफै एकाउण्ट बनाई चौधरीले चलाउने र सोही माध्यमबाट बालिकालाई दुःख दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    उनी कक्षा ७ मा अध्ययनरत थिइन् । उनी मामाको घरमा बसेर पढ्दै गरेकी थिइन् । एकपटक भारत जान लाग्दा मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाले नियन्त्रणमा लिएर उनीहरूलाई परिवारको जिम्मासमेत लगाएको थियो ।

    आरोपित धिरेन विवाहित हुन् । उनका १४ वर्षका छोरा छन् । उनी तीन महिनायता घरमा गएका थिएनन् । प्रहरीका अनुसार उनकी श्रीमती चार वर्षदेखि वैदेशिक रोजगारीमा छिन् ।

    बालिकाको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । पोस्टमार्टमको रिपोर्ट आएपछि मात्रै घटनाको थप कुरा बाहिर आउने प्रहरीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार