Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

आजै मन्त्रीहरूको शपथ ग्रहण गराउने तयारीमा छौं : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बेलुकासम्म मन्त्रीहरूको शपथग्रहण गराउने तयारी भएको बताएका छन्।

सोमबार नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेललाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आजे सकेसम्म मन्त्रीहरूको शपथग्रहण गराउने तयारी रहेको बताए ।

कार्यक्रमका लागि आफूसँग पर्याप्त समय नभएको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले आज शपथग्रहण नभए पनि मन्त्रीहरु टुंग्याउने पक्षमा रहेको जानकारी दिए।

‘बोल्ने प्रशस्त मन हुँदाहुँदै पनि समय अभाव छ, आजै मन्त्रीहरूको शपथग्रहण गराउने भन्ने कुरा छ, नभए पनि टुंग्याउन चाहिँ आज टुंग्याउने कुरा भएको’, प्रचण्डले भने।

प्रचण्डले आगामी चुनावका लागि माओवादी मात्र एक विकल्प रहेको भन्दै जनतमत निर्माणमा बुद्धिजीवी संगठनले ध्यान दिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077