Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दामा सुनुवाइ सकियो, १५ कात्तिकमा निर्णय सुनाइने

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारको सरकारी जग्गा (ललिता निवास) प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्दको मुद्धामा १५ कार्तिकमा निर्णय सुनाइने भएको छ ।

सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासले उक्त मुद्धामा अन्तिम सुनुवाइ गर्दै १५ कात्तिकमा निर्णय सुनाउने आदेश गरेको हो

यसअघि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दुवै पूर्वप्रधानमन्त्रीलाई मुद्दा चलाउनुपर्ने आदेशको माग गर्दै  सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । यसअघि रिट सुनुवाइका लागि पटक–पटक पेसीमा चढेपनि अन्तिम सुनुवाइ हुन सकेको थिएन ।

सोमबार सर्वोच्चले निवेदन बमोजिम रिट जारी गरेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको भूमिकाबारे पुन: अनुसन्धान गर्नुपर्ने हुन्छ। यसअघि सोही मुद्धामा मुछिएका नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छादार धरौटीमा रिहा भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077