Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पाँच वर्षपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनभत्ता वृद्धि, छायो खुशीयाली

    पाँच वर्षपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनभत्ता वृद्धि, छायो खुशीयाली

    अनलाइन नेपाल
  • मंगलबार, १९ असोज २०७८
  • 3.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनमा वृद्धि हुने भएको छ। करिब पाँच वर्षपछि दुबै सुरक्षा निकायको रासन १५ प्रतिशतले वृद्धि हुने भएको हो।

    अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रतिस्थापन विधेयकमार्फत् प्रहरी र सशस्त्रको रासन वृद्धि निम्ति बजेट व्यवस्था गरिएको छ। यसअघि केपी शर्मा ओली सरकारका अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले रासन वृद्धि घोषणा गरे पनि त्यसका निम्ति बजेट विनियोजन नगरेकाले कार्यान्वयन हुन सकेको थिएन।



    तर शेरबहादुर देउवा सरकारका अर्थमन्त्री शर्माले बजेट नै छुट्याएका छन्। यससँगै अब प्रहरीको रासनमा १५ प्रतिशत वृद्धि हुने पक्का भएको हो।
    नेपाली प्रहरी र सशस्त्र प्रहरीका लागि हालको दरमा १५ प्रतिशत रासन वृद्धि गरेसँगै राज्यकोषमा वार्षिक १ अर्ब १७ करोड बराबर दायित्व थप हुने भएको छ।



    यसअघि २०७७ माघमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भत्ता ४० प्रतिशतले वृद्धि गर्न गृहमन्त्रालयले गठन गरेको समितिले सिफारिस गरेको थियो। पाँच वर्षदेखि प्रहरी र सशस्त्र प्रहरीको रासन भत्ता वृद्धि भएको थिएन।

    महंगी वर्षेनी बढे पनि प्रहरी र सशस्त्रका जवानहरु पाँच वर्षअघिकै रासन भत्ताबाट जीवन गुजार्दै आएका छन्। दुवै संगठनले ५० प्रतिशत रासन भत्ता वृद्धिको सिफारिस गरेका थिए। रासनभत्ता समायानुकुल बनाउन गृहमन्त्रालयले सहसचिव थानेश्वर गौतमको अध्यक्षतामा समिति गठन गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार