Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मनसुन बाहिरिन समय लाग्ने : यी स्थानमा भारी वर्षा हुने

काठमाडौं । नेपालमा अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव परेको छ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूमा सामान्य बदली रहि अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077