Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

६ घण्टा फेसबुक डाउन हुँदा मार्क जुकरबर्गको ७ खर्ब डुब्यो

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकमा समस्या आउँदा यसका मालिक मार्क जुकरबर्गले व्यक्तिगत रुपमा ठूलो नोक्सान बेहोर्नु परेको छ।

गएराति करिब १० बजेतिर संसारभरी फेसबुकका सबै सेवा डाउन भएको थियो। त्यसको केही घण्टाभित्रै उनको कूल सम्पत्तिमा ६ बिलियन डलर(७ खर्ब नेपाली रुपैयाँ) को गिरावट आएको छ । यससँगै उनी अर्बपतिको सूचीबाट दुई स्थान लत झरेका छन् ।

ब्लूमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार फेसबुक डाउनका कारण जुकरबर्गको कूल सम्पत्ति घटेर ११६.८ बिलियन डलर भएको छ । योसँगै उनी छैटौं स्थानमा पुगेका छन् । यसअघि उनी यो सूचीको चौथो स्थानमा थिए ।

करिब ६ घण्टाको अवरोधपछि बिहान करिब चार बजेबाट फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपका सेवाहरु पुन सुचारु हुन थालेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077