Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

न्यायाधीशको गाडीले ठक्कर दिँदा महिलाको मृत्यु : न्यायाधीशका अंगरक्षक र सवारी चालक जेल चलान

विराटनगर । मोरङ अदालतका न्यायाधीश ईश्वर पराजुलीको सवारी चालक र अंगरक्षक पुर्पक्षका लागि जेल चलान भएका छन्। उनीहरुलाई सवारी ज्यान मुद्दामा जेल चलान गरिएको हो।

मंगलबार मोरङ अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजालशले सवारी ज्यान मुद्दामा अभियुक्त सिराह लक्ष्मीपुर पतार गाउँपालिका २ घर भइ विराटनगरमा बस्दै आएका ३७ वर्षीय विन्दुकुमार सिंह र सुनसरीको भोक्राहा ७ का ३८ वर्षीय श्रवणकुमार यादवलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

न्यायाधीश पराजुली चढने बा १४ च ६०१६ नम्बर कार मोरङ अदालतभित्र सिक्ने क्रममा सिंहले भदौ २२ गते साढे ४ बजे अदालतको क्यान्टिनभित्र छिराउँदा क्यान्टिन सञ्चालक लक्ष्मी दाहालको मृत्यु भएको थियो। खाजा खाँदै गरकी दाहाललाई अंगरक्षक सिंहले चलाएको कारले क्यान्टिनभित्र छिरेर ठक्कर दिएको थियो।

सवारीचालक अनुमतिपत्र नभएका सिंहलाई न्यायाधीशका चालक यादवले कार सिक्न दिएकोले उनी पनि पक्राउ परेका थिए। यादवले कुनै पनि सावधानी अपनाउने कार्य नगरि सहयोगी भूमिका खेलेको पाइएपछि उनलाई पनि प्रतिवादी बनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077