Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : यी स्थानमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं । हाल नेपालमा भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव परेको छ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ।

त्यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077