Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाका हड्डी भ्यानमा छाडेर भागेका २ जना पक्राउ

    २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाका हड्डी भ्यानमा छाडेर भागेका २ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 2.1K
    SHARES

    मोरङ — बुधबार बिहान भ्यानमा राखिएको अवस्थामा २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद भएको छ।

    सशस्त्र प्रहरीले विराटनगर–१५ रानीस्थित २ नम्बर ढाटनजिकबाट सो संख्यामा खप्पर र हड्डी बरामद गरेको हो।



    प्रहरी टोलीले मंगलबार रानीस्थित ढाटनजिक को२च ९६४८ नम्बरको भ्यान बेवारिस अवस्थामा देखेको र शंका लागेर जाँच मानव खप्पर र हड्डी फेला परेको हो।



    प्रहरीका अनुसार उक्त हड्डी मानव खप्पर र हातखुट्टाको हड्डी भएको पुष्टि भएको छ। घटनामा सृंलग्न भएको आरोपमा २ जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा भ्यानका चालक विनोद देव र युवराज कार्की रहेका छन्।

    पक्राउ परेकाहरुले सो कंकाल भारतबाट ल्याएको प्रहरीलाई बताएका छन्। सशस्त्र प्रहरी नम्बर–१ बराह बाहिनीका डीआईजी कमल गिरीले सशस्त्रले कंकाल बरामद गरेर बुझाएको र थप अनुसन्धान नेपाल प्रहरीले गरिरहेको जानकारी दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार