Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीता भण्डारी आत्महत्या प्रकरण : श्रीमान्, जेठाजु र आमाजुलाई थुनामा राख्न आदेश

रुपन्देही । जिल्ला अदालत रुपन्देहीले सीता भण्डारीका श्रीमान्, जेठाजु र आमाजुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। तिलोत्तमाकी सीता भण्डारीको मृत्यु प्रकरणमा पक्राउ परेका उनीहरुलाई आत्महत्या दुरुत्साहन मुद्दामा थुनामा राख्न आदेश दिइएको हो।

जिल्ला अदालतमा मंगलबार र बुधबार भएको थुनछेक बहस भएको थियो। अदालतले थुनामा राख्न आदेश दिएलगत्तै उनीहरूलाई जिल्ला कारागार रुपन्देही चलान गरिएको छ।

प्रहरीले मृतक सीताका श्रीमान टीका पौडेल, जेठाजु हरिप्रसाद पौडेल र मृतककी आमाजू विष्णु पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। गत भदौ २० गते बिहान तिलोत्तमा नगरपालिका वडा नं. ५ बस्ने वर्ष २७ की सीता भण्डारी पौडेलको मृत्यु भएको थियो। झुन्डिएको र पासो काटिएको अवस्थामा घरमै शौचालयमा उनको शव भेटिएको थियो।

सीताका माइती पक्षले हत्या भएको भन्दै शवसमेत उठाएका थिएनन्। उनीहरुले घटनाको सही अनुसन्धान गर्न माग गर्दै आन्दोलन गर्दै आएका थिए। प्रहरीले नियन्त्रणमा लिएका तीनजनालाई सरकारी वकिलमार्फत आइतबार रुपन्देही जिल्ला अदालतमा उपस्थित गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077