Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

३ महिनाअघि वीरगन्जबाट हराएकी ११ वर्षीया बालिकाको दिल्लीबाट उद्धार

पर्सा – तीन महिनाअघि वीरगन्जबाट हराएकी ११ वर्षीया बालिकाको उघार गरिएको छ। वीरगन्ज १५ लक्ष्मणवा घर भएकी बालिकाकाके भारतको दिल्लीबाट उद्धार गरिएको हो।

उनी जुलाई १३ तारिखमा रक्सौलबाट रेल चढेर दिल्ली पुगेकी थिइन्। बुधबार पत्रकार सम्मेलन गर्दै बालिकाको उद्धारबारे जानकारी गराइएको थियो। पत्रकार सम्मेलनमा सक्रिय संस्था तथा नेपाल तथा भारतीय महावाणिज्य दूतावासका अधिकारीहरु बालिकाुसहित उपस्थित भएका थिए।

बालिकाको संलग्न आफन्त नेपालका भारत प्रमुख नवीन जोशीका अनुसार भारतीय प्रहरीले जुलाई १३ तारिखमा उनलाई दिल्लीको रेल्वे स्टेशनमा फेला पारेका थिए। त्यसपछि उनलाई भारतीय चाइल्ड लाइन संस्थाको जिम्मा लगाइएको थियो। चाइल्ड लाइनले दिल्लीकै अनाथ तथा बेवारिसे बालबालिकाको आश्रयस्थल चाइल्ड वेलफेयर कमिटीको कार्यालयमा पठाएको थियो।

मेडिकल जाँचपछि बालिकाको मानसिक र शारीरिक अवस्था पूर्ण रुपले ठीक भए पनि बालिका अझै पनि खुलेर बोल्न नसक्ने अवस्थामा रहेकी छिन्। बालिकाले आफू वीरगन्जबाट अटो चढेर सिधै सीमापार भारतीय सहर रक्सौल पुगेको बताएकी छिन्। रक्सौलबाट उनी दिल्ली रेलमा टिकट नकाटेरै चढेको पनि अनुसन्धानबाट खुलेको छ। रेल चढको भोलिपल्ट मात्रै अर्थात् जुलाई १३ तारिखमा उनी दिल्लीको रेल्वे स्टेशनमा उत्रिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077