Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपचारको क्रममा ३ वर्षीया बालिकाको मृत्यु, चिकित्सकले लापारबाही गरेको भन्दै पाँचथर अस्पताल तोडफोड

पाँचथर । पाँचथर जिल्ला अस्पतालमा तोडफोड भएको छ। उपचारको क्रममा तीन वर्षीया बालिका कृष्टिना थाम्सुहाङको मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन्।

ज्वरो आएर बुधबार बिहान जिल्ला अस्पतालमा भर्ना भएको थाम्सुहाङको उपचारका क्रममा मृत्यु भएको थियो। आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आक्रोश पोखेका हुन्। उनीहरूले घटनाको छानबिनको माग गरेका थिए।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले भने मृतकको सदगद्का लागि २५ हजार रुपैयाँ दिने र घटनाको छानबिनका लागि समिति बनाएर ७ दिनभित्र प्रतिवेदन तयार पारी निष्कर्षमा आधारमा बाँकी राहत र क्षतिपूर्ति दिने बताएका थिए। तर मृतकका आफन्तले मानेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077