Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

बारा । बारामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महागढीमाई नगरपालिका ब्रह्मपुरी निवासी अन्दाजी ५० वर्षीय रामेश्वर महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

बारीमा रहेको पानी तान्ने मोटरमा जडान गरेको तारबाट उनलाई करेन्ट लागेको हो। करेन्ट लागेर घाइते भएका उनलाई जिल्ला अस्पताल कलैया ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रवक्ता मिश्रले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077