Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छिन्। शाक्यले असोज २४ गते विश्वासको मत लिने भएकी हुन्।

त्यसका लागि प्रदेश सरकारले असोज २४ गते नवौं (हिउँदे) अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतबार दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ।

शाक्यले २५ गतेसम्म विश्वासको मत लिनै पर्ने कानुनी बाध्यता छ। १ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन्। प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्छ।

प्रदेशसभामा नेपाली कांग्रेसका २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ सांसद छन्। त्यस्तै विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २/२ र एक जना स्वतन्त्र सांसद छन्। सत्ता गठबन्धनका दलबाहेक अन्य दलले अष्टलक्ष्मीलाई साथ दिए पनि बहुमत पुग्ने अवस्था छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077