Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दै

    सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, २१ असोज २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । मन्त्रिपरिषद् विस्तार अघि सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दैछ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले भागवण्डाअनुसार दलहरुले पाउने मन्त्रालयलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् ।



    वर्तमान मन्त्रिपरिषदमा नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले समान ४/४ मन्त्रालय लिने सहमति भएको थियो । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक/एक राज्यमन्त्री पनि पाउनेछ ।



    माओवादीले तीन मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाएको छ । माओवादीले देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशि श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

    हाल सरकारमा माओवादीबाट अर्थमा जनार्दन शर्मा र उर्जामा पम्फा भुसाल मन्त्री रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार