Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एकीकृत समाजवादीलाई समेटेर पाँच राजनीतिक दलबीच ७ बुँदे सहमति

    एकीकृत समाजवादीलाई समेटेर पाँच राजनीतिक दलबीच ७ बुँदे सहमति

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 456
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीलाई समेत समेटेर सत्तारुढ दलहरुबीच अर्को लिखित सहमति भएको छ ।

    मंगलबार बिहान नयाँ बानेश्वरमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा दलहरुबीच लिखित सहमति भएको हो।



    यसअघि गत २१ फागुनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बीच ८ बुँदे लिखित सहमति भएको थियो ।



    त्यो लिखित सहमतिमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी समावेश थिएन ।  तर मंगलबार एकीकृत समाजवादी समेत थपिएर पाँच दलबीच ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

    नयाँ सरकार गठन गर्ने भन्ने बुँदा हटाइएको छ । तर आज भएको लिखित सहमतिमा राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वारलाई समर्थन गर्ने मात्रै समावेश छ ।

    ८ बुँदे सहमतिपत्रमा राष्ट्रियसभाको उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने भन्ने समावेश थियो । त्यो विषय पनि नयाँ सहमतिपत्रमा उल्लेख छैन ।

    सहमति पत्रमा जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकाङ्क्षा पुरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढङ्गले अघि बढ्न सहमत भएको उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार