Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • माओवादीबाट इलाम २ मा धीरेन्द्र शर्मा उम्मेदवार सिफारिस

    माओवादीबाट इलाम २ मा धीरेन्द्र शर्मा उम्मेदवार सिफारिस

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 492
    SHARES

    इलाम । नेकपा माओवादी केन्द्रले इलाम–२ को उपनिर्वाचनमा केन्द्रीय सदस्य धीरेन्द्र शर्मा तिमिल्सिनालाई उम्मेदवार सिफारिस गरेको छ ।

    माओवादी केन्द्रको जिल्ला कमिटीले उपनिर्वाचनका लागि उनको एकल नाम प्रदेश कमिटी समक्ष सिफारिश गरेको हो ।



    २०७४ सालको चुनावमा उनी क्षेत्र नं. २ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । हाल उनी पार्टीमा केन्द्रीय कमिटी सदस्य छन् ।



    इलाम–२ मा नेकपा एमालेले दिवंगत नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु उम्मेदवार छन् । इलाम–२ मा १५ वैशाखमा उपचुनाव हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार