Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्ने माओवादीको निर्णय

    पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्ने माओवादीको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 438
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वनिर्धारित दुई अभियान स्थगित गर्ने निर्णय गरेको छ ।

    पार्टीको विधान अधिवेशनले तय गरेको तराई–मधेस जनजागरण अभियान (हुलाकी राजमार्ग केन्द्रित) र हिमाल–पहाड–तराई–मधेस राष्ट्रिय एकता अभियानका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।



    मंगलबार बसेको पदाधिकारी बैठकले तयारी नपुगेको कारण देखाउँदै दुवै अभियान स्थगित गर्ने निर्णय गरेको छ ।



    फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको प्रथम विधान अधिवेशनले चैत र वैशाखमा दुई चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    पहिलो चरणको अभियान अन्तर्गत चैत १ देखि १५ गतेसम्म तराई मधेस जागरण अभियान सञ्चालन हुने भनिएकोमा स्थायी कमिटीले चैत १५ देखि चैत मसान्तसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    यसैगरी दोस्रो चरणमा हिमाल–पहाड–तराई–मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ देखि वैशाख मसान्तसम्म सञ्चालन हुने भनिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार