Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सुन प्रकरणमा पक्राउ परेका महराबारे माओवादीले लिन सकेन निर्णय

    सुन प्रकरणमा पक्राउ परेका महराबारे माओवादीले लिन सकेन निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 363
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष कृष्णबहादुर महरालाई निलम्बन गर्ने वा राजीनामा गराउनेबारे महरासँग सल्लाह गर्ने भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको पदाधिकारी बैठकले महरालाई भेटेरै उनीसँग राजीनामाको बारे छलफल गर्ने निर्णय गरेको हो ।



    बैठकमा उपाध्यक्ष महरा सुन प्रकरणमा पक्राउ परेकोलगायत विषयमाथि छलफल भएको थियो ।



    बैठकमा केही पदाधिकारीहरूले महरालाई उपाध्यक्ष पदबाट पार्टीले निलम्बन गर्नुपर्ने विषय राखेका थिए।

    तर बैठक बिनानिष्कर्ष सकिएको छ। महरालाई प्रहरीले सोमबार पक्राउ गरेको थियो।

    सुन तस्करी जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार