Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा समाजवादीले पनि माओवादीले जति नै मन्त्रालय पाउनु पर्छ भन्दै बाहिरिए माधव नेपाल

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् ।

मन्त्रिपरिषदलाई पूर्णता दिन दिउँसो ३ बजेदेखि बालुवाटारमा बसेको गठबन्धनको बैठकमा अध्यक्ष नेपालले आफ्नो कुरा राखेर उठेर हिडेका हुन्।

यद्यपि अध्यक्ष नेपाल बाहिरीए पनि नेपाल बाहेकका नेताहरु भने बालुवाटारमै छलफलमा बसिरहेका छन् ।

यसअघि बसेको सत्तारुढ दलले मन्त्रालयको भागबण्डा गरेको थियो । जसमा काँग्रेसलाई सात, माओवादी केन्द्रलाई ६ तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई चार–चार मन्त्रालय पाउने गरी छलफल भएको थियो।

आजको बैठकमा नेता नेपालले आफ्नो पार्टीलाई एक राज्यमन्त्रीसहित पाँच मन्त्री दिने भन्ने यसअघिको सहमति वैज्ञानिक नभएको भन्दै थप एक मन्त्री पाउनुपर्ने धारणा राखेको बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा अध्यक्ष नेपालसहित प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077