Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कपिलवस्तुमा कारमा सवार व्यक्तिमाथि गोली हानी ८ लाख लुटियो

कपिलवस्तु । कपिलवस्तुमा कारमा सवार एक व्यक्रिमाथि गोली हानी ८ लाख रुपैयाँ लुटिएको छ। बिहीबार गोरुसिंगे जंगलमा अज्ञात समूहले गोली प्रहार गरी उक्त रकम लुटेको हो।

प्रहरीका अनुसार बुद्धभूमि नगरपालिका–१० स्थित तौलिहवा–गोरुसिंगे सडक अन्तर्गत तिलौराकोट साझेदारी वन कार्यालय नजिक मोटरसाइकलमा आएका दुई जनाले कारमा सवार मायादेवी गाउँपालिका–४ चाकरचौडाका रामरक्षा जैसवालमाथि गोली हानेका थिए।

जैसवाल बिहीबार दिउँसो ३ बजेतिर प्रदेश ३–०१–०२३ च ८०८९ नम्बरको कारमा सवार थिए। अचानक बाटोमा उनीमाथि गोली प्रहार भएको थियो। प्रहरीले घटनामा संलग्नहरुको खोजीकार्य भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077