Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नेपाली कांग्रेसका नेताहरु र भाजपा अध्यक्ष जेपी नाड्डाबी भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेताहरुले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गरेका छन्। उनीहरुबीच बिहीबार भारतको राजधानी नयाँ दिल्ली भेटवार्ता भएको हो।

सो भेटमा नेताहरुबीच दुई पार्टीको सम्बन्ध सुद्धृढ बनाउने विषयमा कुराकानी भएको बताइएको छ। भेटमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेता डा. आश्विन जोहर, नेपाली कांग्रेसका तर्फबाट सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा नेता अजय चौरासिया र उदय शम्शेर राणाराणा सहभागी थिए।

सहमहामन्त्री महतको नेतृत्वमा कांग्रेसका नेताहरु बिहीबार नै नयाँ दिल्ली पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077