Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं । आज पनि देशभरको मौसम बदली भएको छ। भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा पनि असर परेको महाशाखाले जनाएको छ।

सोही प्रभावले अहिले प्रदेश– १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाकाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो मुलुकभर मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

अक्टोबर २ मा बाहिरिसक्नु पर्ने मनसुन बाहिरिन केही दिन लागेकाले पनि वर्षाको क्रम नरोकिएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कम्तीमा आगामी आइतबारसम्म देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077