Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

रामकुमारी झाँक्री स्वास्थ्यमन्त्री बन्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री स्वास्थ्यमन्त्री बन्ने भएकी छिन्। पार्टीको आन्तरिक छलफलमा उनलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने विषयमा छलफल भएको बुझिएको छ।

बिहीबार बसेको स्थायी कमिटी बैठकमा झाँक्रीसँगै विरोध खतिवडा, प्रेमबहाहदुर आले र कृष्णकुमार श्रेष्ठ किसानलाई मन्त्री बनाउने प्रस्ताव पेश भएको थियो। बैठकमा खतिवडालाई शहरी विकास, झाँक्रीलाई स्वास्थ्य, आलेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रेष्ठलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउने मोटामोटी सहमति भएको बताइएको छ।

शुक्रबार छलफल गरेर ठोस निर्णय गर्ने समाजवादीका एक नेताले जानकारी दिए। शुक्रबार नै मन्त्रिपरिषद विस्तार गरेर शपथ ग्रहणको कार्यक्रम गरिने तयारी भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077