Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

को मन्त्री बन्यो ? को बनेन त्यो मुख्य बिषय होइन: मेटमणि चौधरी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले को मन्त्री बन्यो, को बनेन भन्ने मुख्य विषय नभएको बताएका छन्।

मुख्यकुरा प्रणाली जोगिएको, 'संवैधानिक सर्वोच्चता कायम भएको छ र कानुनी राज्य स्थापना भएको भन्दै नेता चौधरीले सामाजिक सञ्जालमार्फत् यस्तो टिप्पणी गरेका हुन्।

एकीकृत समाजवादीबाट चौधरी मन्त्री बन्न लागेको समाचारहरु सार्वजनिक भएको भएपनि अन्तिममा उनको नाम मन्त्रीको सूचीबाट हटेको छ।


अब नेकपा एकीकृत समाजवादीका सांसद विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् । एकीकृत समाजवादीबाट खतिवडासँगै सचिव रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077