Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका छन् ।

शुक्रबार शीतल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन्।

सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।

[insert page='91037' display='yopanipadhnuhos.php']

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी हुन्।

देउवाले झण्डै ३ महिनापछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।  देउवाले शुक्रबार १६ जना मन्त्री र २ जना राज्यमन्त्री नियुक्त गरेका हुन् ।

[insert page='91034' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077