Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अफगानिस्तानको मस्जिदमा बम विस्फोट : कम्तीमा ५० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको एक मस्जिदमा शुक्रबार बम विस्फोट भएको छ। विस्फोटमा परी कम्तिमा ५० जनाको मृत्यु भएको त्यहाँको सञ्चारमाध्यमले जानकारी दिएका छन्।

एनडीटीभीका अनुसार आज कुन्दुज शहरको सिया धर्मावलम्बीको मस्जिदमा विस्फोटन भएको हो। गत अगष्टमा तालिबानले अफगानिस्तान कब्जामा लिएयता आईएस–के समूहले तालिबानविरुद्ध हिंस्रक गतिविधि मच्चाउँदै आएका छन्। यो आक्रमण कसले गरेको भन्ने यकिन भएको छैन। आक्रमणको जिम्मा पनि कुनै समूहले लिएको छैन।
एमएसएफ अस्पतालका अनुसार हालसम्म यो घटनाका ९० घाइतेले उपचार पाइरहेका छन्। अस्पतालमा उपचारकै क्रममा १५ को ज्यान गइसकेको छ। तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले कुन्दुजको मस्जिदमा बम विस्फोट भएको बताए पनि कतिको मृत्यु भएको केही जानकारी दिएका छैनन्।

यो आक्रमणमा आईएस–के समूह नै संलग्न भएको आशंका गरिएको छ। शुक्रबारको समय मुस्लिमहरु धेरैको संख्यामा प्रार्थनाको लागि आएको बेला यो नियोजित आक्रमण भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077