Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सूदुरपश्चिम र कर्णालीबाट बनसुन बाहिरियो, यस्तो छ तीन दिनको मौसम

काठमाडौं । शुक्रबारबाट सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू–भाग, लुम्बिनी प्रदेशको पश्चिमी भु–भागबाट यस वर्षको मनसुन बाहिरिएको छ। हाल नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनिय मौसम प्रणाली नभएको मौसम विभागले जानकारी दिएको छ।

अहिले प्रदेश नं १ र बांकी पहाडी भू–भागमा आँशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा सामान्यतया सफा देखि आंशिक बदली रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भु–भागका एक–दुई स्थानमा हल्का वर्षा भईरहेको छ।
यस्तो छ ३ दिनको मौसम

२०७८ आश्विन २३ गते (शनिबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन २४ गते (आईतबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन २५ गते (सोमबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077