Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

३ र ५ वर्षका छोराहरुको हत्या गरेर आमाले गरिन् आत्महत्या

जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका–७ फुलगामा टोलमा एकै परिवारका तीन जनाको शव फेला परेको छ । २४ वर्षीया गुडिया साह, उनका ५ बर्षीय छोरा अभिषेक र ३ बर्षीय आदित्य साहको शव घरभित्रै फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

प्रहरीको प्ररम्भिक अनुसन्धानमा गुडियाले दुबै छोरा हत्या गरी आफूले आत्महत्या गरेको देखिएको छ । मृतक तिनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077