Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एयरपोर्टबाट ११ लाखको सुनसहित एक युवक पक्राउ , पार्किङ एरियामा बढ्यो अबैध कारोबार

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ एरियाबाट अबैध सुनको कारोबार हुँदै आइरहे पनि रोकिन सकेको छैन ।

विदेशबाट फर्किने युवकहरुमार्फत संकलन गरिएको अवैध सुनको कारोबार अहिले ह्वात्तै बढेको छ। संयुक्त अरब इमिरेट्स (यूएई )लगायतका मुलुकबाट  आउने यात्रुहरुलाई भन्सार छलि गर्न लगाई अवैध रुपमा सुन संकलन गर्ने गिरोह अहिले सक्रिय छ ।

अवैध रुपमा ल्याएको करिब ११ लाख ६२ हजार ५ सय ७५ रुपैयाँ मूल्य बराबरको १ सय ५० ग्राम सुन जस्तो देखिने पहेँलो धातुको ३ थान बाला सहित धादिङ निलकण्ठ नगरपालिका-४ वतन भएका ५७ वर्षीय खड्क प्रसाद तिमल्सिनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ एरियामा आई विभिन्न देशबाट आगमन भएका यात्रुहरुलाई भन्सार छलि गर्न लगाई उक्त सुन अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा उनलाई फेला पारी पक्राउ गरिएको हो ।

उनलाई उक्त बाला सहित आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाईएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077