Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लद्दाखमा फेरि चीन र भारतबीच तनाव बढ्यो : एकअर्कालाई ठाडो चेतावनी दिँदै सेना प्रमुख

एजेन्सी – लद्दाखमा चीन र भारतबीच तनाव बढ्दै गएको छ। पछिल्ला दिनहरुमा दुई देशका सेनाहरुले एकअर्कालाई खुलेआम चेतावनी दिन थालेका छन्।
हालै भारतीय सेना प्रमुख एमएम नरावाणेले लद्दाखस्थित ‘एलएसी’(लाइन अफ एक्चुअल कन्ट्रोल)मा चिनियाँ सेनाले निर्माण कार्य जारी राखेमा आफ्ना सैनिकहरु पनि त्यस क्षेत्रमै रहने चेतावनी दिएका छन्।

चिनियाँ सेनाले लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा (लाइन अफ एक्चुअल कन्ट्रोल) मा ठूलो मात्रामा भौतिक संरचना निर्माणको काम जारी राखेको छ। भरातले चीनको उक्त कदमको विरोध गरेको हो।

चिनियाँ सेना त्यस क्षेत्रबाट नहटेमा आफूहरु पनि त्यहीँ बस्ने नरावणेको चेतावनी थियो। “यदी उनीहरु त्यहीँ बस्ने भए भने हामी पनि त्यहीँ बस्नेछौँ’’ नरावणेले भनेका छन्।एलएसीमा चिनियाँ सेनाको उपस्थितिले पाकिस्तानी सीमा क्षेत्रको जस्तै अवस्था सिर्जना हुने नरावणेले बताएका थिए। साथै आफूहरुले चिनियाँ सेनाको त्यस क्षेत्रको गतिविधिमाथि चनाखो भएर निगरानी गर्ने समेत उनले बताए।

गत वर्षको जुनमा चिनियाँ सेना र भारतीय सेनाबीच गलवान उपत्याकामा भीडन्त भएपछि सीमा क्षेत्र बन्द गरिएको छ। भीडन्तको क्रममा २० जना भारतीय सैनिक मारिएका थिए।

गत साता अरुणाञ्चल प्रदेशको तवाङ जिल्लास्थित एलएसीमा भारतीय र चिनियाँ सैनिकहरु आमने–सामने भएका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार २ सय चिनियाँ सेनाहरु तिब्बतको बाटो हुँदै भारततर्फ प्रवेश गरेका थिए। भारतले उनीहरुमध्ये केहीलाई आफ्नो नियन्त्रणमा राखेको जानकारी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077