Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मन्दिर वरिपरि मागेर खानेहरुलाई चाहि दशैं नआएको हो र ?

    मन्दिर वरिपरि मागेर खानेहरुलाई चाहि दशैं नआएको हो र ?

    अनलाइन नेपाल
  • आइतबार, २४ असोज २०७८
  • 2.1K
    SHARES

    अनुशा थापा / विजयादशमी लगभग सुुरु भइसकेको छ । घटनास्थापना लागेसंगै दशैंको आगमन भएको हो । घटनास्थापनाको दिन बिहीबार हामीले विभिन्न मन्दिरहरुकोघुँइचो देख्यौ । हनुमानढोकास्थित नासल चोकमा जमरा राख्दै गरेका नेपाल आर्मीको मेजर असिम श्रेष्ठ पनि देखापरे ।
    यता, बडादशैंको पहिलो दिन भन्दै देशभरका शक्तिपीठहरुमा निकै भीड देखियो । उपत्यकामा मात्रै नभई देशभरिका मन्दिरमा जमरा राखियो । कालिका मन्दिरमा त जौ र मकैको जमरा राख्नको लागि भक्तजनहरुको घटनास्थापनामा निकै भीड थियो ।

    घटनास्थापनाको दश दिनमा दशमी हुन्छ । दशमीको दिन घरघरमा जमरा चाहिन्छ । टीका र जमराको प्रयोग गरि दशैं मनाइन्छ । घटनास्थापनामा दर्शन गर्न जानुको महत्व नै अर्कै हुन्छ । हिन्दु धर्मालम्बीहरुमा दशैंको छुट्टै महत्व र महिमा छ । महिमाको कारण पनि मन्दिरमा चर्को भीड देखियो ।
    हामी भगवानप्रति आस्था राख्छौ । जुन राख्नु पनि जरुरी छ । हरेक मान्छे कुनै न कुनै धर्मसंग जोडिएको हुन्छ । हामी भगवानसंग जोडिएका मात्रै छैनौ । भगवान प्रति आशावादी पनि छौं । भगवानलाई मानौं भने आफ्नो इच्छा पुरा हुन्छ भन्ने विश्वास हामीमा छ ।



    आफ्नो इच्छा पुरा गर्न  पनि हामी भगवानको गाना गाउछौ । हामी कति सामन्ती, लाभी छौ । यहीबाट पत्ता लगाउन सक्छौँ । अरु बेलाभन्दा पनि आफुलाई आवश्यक परेको र चाडपर्व आएको बेला आमी भगवानको नाम जप्छौ । मानिस भनेको सबैभन्दा लोभी जातका प्राणी हौ ।
    अरु प्राणीलाई एक पेट खाँदा भएको छ तर मानिसलाई त्यतिले पुग्दैन् ।



    अरुले मेलैभन्दा धेरै गर्छ भनि हामी जहिलेपनि डराइरहेको हुन्छौ । अझ मेरो यो कुरा पुरा भयो भने म यो गर्छु भनेर भाकल राखेको हुन्छौँ । विश्वास राख्दा कतिको भाकल पुरा पनि होला ।
    तर समय र परिस्थितिलाई पनि हेर्नुपर्छ । बोका, राँगा, कुखुरा लिएर बलि चढाउन जाने बेला हो यो ? गाडीमा खसीबोका लिएर बलि उपत्यका बाहिरको मन्दिर जाने संख्या ह्वात्तै बढेको छ । उनीहरुको कोरोना परीक्षणसम्म भएको छैन । यस्तोमा कोरोना फैलिने डर निकै बढेको छ ।
    नेपालभरि रहेको मन्दिरहरु सबै पौराणिक कालका हुन ।

    राजा हुदाँखेरि बनाएको मन्दिरहरु छन् । मन्दिरभित्र एउटा हात धुने ठाँउको व्यवस्थासमेत छैनन् । शौचालयको पनि व्यवस्था गरिएको छैन । मन्दिरको दाँयाबाया, बिचमा आफ्नो मर्जी अनुसार लाइन बसेको छन ।
    मन्दिरमा दैनिक हजारौं भक्तजनहरुको आवतजावत हुन्छ । कसैको मन्दिर छेउछाउ मागेर खाने आमाबुवा र भाइबहिनी तिर आँखा गएको छ । अरुको त कुरा छोड्दऔ राजनितिक दलहरु पनि त मन्दिर भ्रमणमा जान्छन ।

    के तिनीहरुले यसरी मागेको खाएको देखेको छैनन। दशैं एउटाको मात्र चाड होइन । तर उनीहरुलाई चाहि दशैं किन आएन् ? के उनीहरु मान्छे होइनन् । हामी नेपालीहरुको बानी यति गयगुज्रिएको छ भनेर साध्य पनि छैन । कुनै बाटोमा मागेर खानेलाई पाँच रुपिँया दिनपर्‍यो भने हाम्रो दातबाट पसिना आँउछ ।

    तर जसले खान सक्दैन् उसको अगाडि लगेर दुध, दही र फलफुल पोख्छौं । जसलाई हामीले भगवान भनेर पुजा गरिरहेको छौ त्यो त ढुङ्घगा त हो । आस्था राख्न त मन छदैं छ । त्यहा लगेर फोगट्टे पोख्ने दुध, दही खान दिएको भए कसैको सास बच्थ्यो ।
    तर नेपालीमा त्यति सोच्न सक्ने दिमाग छैन् । हामी हिजो पनि धागको पछाडि दौडेका थियौ ।

    भोलि पनि हाम्रो गति त्यही नै हो । गरिबको अगाडि पर्न हामीलाई लाज लाग्छ । हाम्रो इज्जत जान्छ जस्तो व्यवहार देखाउछौ । सरकारले पनि यसरी मन्दिरमा मागेर खानेहरुलाई खान, बस्नको व्यवस्था मिलाउनुपर्ने हो ।

    अझै मागेर बसेका वालवालिकालाई त शिक्षाको व्यवस्थासम्म मिलाउनुपर्ने हो । किनकि उनीहरु नै भोलिका कर्णधार हुन् । देशको लागि उनीहरुको ठुलो योगदान पुग्छ । तर देशको राष्ट्र्पति र प्रधानमन्त्रीसंग त्यति सोच्न फुर्सद नै छैन । दिनभरि त व्यापारी र पैसावालको अघिपछि गर्दै ठिक्क हुन्छ ।

    देशको हरेक निर्णय गर्ने अधिकार राजनितिक दलको हातमा छ । देशको नियम कानुनको डोरो नै यिनीहरुले समाएको छन । तर यिनीहरुसंग काम गर्न सक्ने क्षमता र भिजन छैन् । यिनीहरु कसरी जनतालाई दुःख दिन पाइन्छ र व्यापारीसंग कमिशन लिन पाइन्छ भन्ने विषयमा मात्र ज्ञान छ ।
    बाटोमा मागेर खाने कति अपांग भएका समेत छन् । मन्दिर जाने भ्र्याङ यस्ता थुप्रै दुश्य देख्न सकिन्छ । उनीहरु मर्नेदिन पर्खेर बसेका छन । यस्तोलाई सहयोग गरेमा मात्रै धर्म हुने हो ।

    भगवानको अगाडि करोडौको सामान लगेर चढाउदाँ धर्म हुन्छ भनेर सोच्नु नै गलत हो ।

    मागेर खान कसैलाई रहर लाग्दैन् । मागेर खान हामीलाई लाज लाग्छ भने उनीहरुलाई लाग्दैन् होला । मागेर खानु बाध्यता हो । जसलाई नेपाल सरकारले रहरको रुपमा हेरेको छ । प्रधानमन्त्री, मन्त्रीदेखि राष्ट्र्पतिले जनताले तिरेको करबाट आफ्नो तीन पुस्तालाई पुग्ने सम्पत्ति जोडे ।
    तर जनताको बारेमा कहिल्यै सोचेनन् । यस्ता प्रधानमन्त्री, मन्त्रीदेखि राष्ट्र्पतिलाई नेपाली जनताले धिक्कार्छन् । मागेर खाने नेपाली जनताको आत्मा रोइरहेको छ । राजनितिक दलहरु मन्दिर जाने बेला मन्दिर वरिपरि मागेर खानेलाई उनीहरुको सुरक्षाकर्मीले लखेट्छन ।
    नेपालमा अधिकांशले हिन्दु धर्मको पालना गर्छन ।

    व्रत, पुजाआजामा विश्वास राख्छौ । हामीले मागेको कुरा सबै पुरा होस् भनेर भगवानलाई प्रार्थना गछौं । भगवानले सुनेर पुरा गरिदिएका पनि होलान् । तर, ती मागेर खानेको इच्छा किन पुरा भएनन् ?
    उनीहरुको इच्छा सानो छ । पेटभरि खान पाउ र सुत्नलाई छत पाउ भन्ने त हामीले पनि पुरा गर्न सक्थ्यौ । तर नेपालीहरु त्यति सोचविचार गर्ने खालका छैनन् । मागेर खानेहरुले राज्यबाट पाउनुपर्ने कुनै पनि सेवासुविधा पाएका छैनन् । भगवानलाई माग्ने अनि खुट्टा पसारेर बस्ने नेपालीहरुको काम हो ।
    जो मान्छे इमान्दार छ, जसले मिहिनेत गर्छ । पसिना बगाउँछ, रातदिन नभनि काममा खट्छ उसलाई भगवानको आवश्यकता पर्दैन् । तर काम नगर्ने , अल्छीहरु भगवानको अगाडि जान्छन्, आफ्नो भएजतिको इच्छाचाहना परिपुर्तिको लागि प्रार्थना गर्छन् ।
    अनि हजारौको सामान फोगट्टे खेर फालेर आउछन् । त्यस्तालाई म भगवानप्रति आस्था राख्छु भन्दै ठिक्क हुन्छ । तैमाथि पनि दशैं सुरु भइसकेको छ । देशभरका मन्दिरमा भक्तजनहरुको भीड ह्वात्तै बढेको छ । पुजा गर्नलाई ४ घण्टासम्म लाइन बस्नु परेको भक्तजनको भनाइ छ ।

    रातिदेखि आएर लाइन बसेको भन्ने पनि यत्तिकै छन् । कुनै पनि मन्दर व्यवस्थापन समितिले कोरोनाको परिस्थितिलाई नियालेर व्यवस्थापन मिलाउन सकेको छैन् । न त मन्दिरहरुमा स्वास्थ्य मापदण्डको पालना नै भएको छ । पुजा गर्न आउनेहरुले मुखमा मास्क समेत लगाएको छैनन् । यसले गर्दा कोरोना फैलन सक्ने सम्भावना बढेको छ ।

    जिल्ला प्रमृख अधिकारीहरुले पनि कोरोनाको जोखिमलाई वेवास्ता गरिरहेको प्रष्टै देखिन्छ । पुजाआजा गर्ने भन्दै दिनौ हजारौं सर्वसाधारण उपत्यका बाहिर गएका छन् । उनीहरुको कोरोना परीक्षणसमेत भएको छैन् ।

    उपत्यका भित्रिनेको पनि कोरोना परीक्षण भएको छैन । सर्वसाधारणहरुले पनि कोरोना हटिसक्यो भन्दै लापरबाही गरेको प्रष्टै देखिन्छ । कति बुढाबुढी र बालबच्चा बोकेर मन्दिरमा पुजा गर्न आएका छन् । तर, यो कोरोनाले बालबच्चा पनि भन्दैन । स्वास्थ्य मन्त्रालय, पर्यटन मन्त्रालयले मठमन्दिर खुला गरेर कोरोना फैलाउने काम गर्‍यो ।

    पर्यटन मन्त्रालय र गृह मन्त्रालयले मापदण्ड बनाएर मठमन्दिर खुला गरेको थियो । तर, मापदण्ड बनाउने काम मात्र भयो अनुगमन भएन । जनताले पनि अटेर गरे । स्वास्थ्य मन्त्रालयले कोरोना नियन्त्रण गर्न कुनै पनि कदम चालेको छैन । सरकारले कोरोना नियन्त्रणको लागि छुट्याएको बजेट व्यापारीसंग सामान किन्दै कमिशन खाँदै ठिक्क छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार