Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सहकार्य नगर्ने घोषणा गर्दै तालिबानले दियो अमेरिकालाई यस्तो चेतावनी

    सहकार्य नगर्ने घोषणा गर्दै तालिबानले दियो अमेरिकालाई यस्तो चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, २४ असोज २०७८
  • 2.3K
    SHARES

    एजेन्सी । अमेरिकी सेनाको वहिर्गमनसँगै केही समय अघि मात्रै अफगानिन्तान कब्जा गरेको तालिबानले अमेरिकासँग सहकार्य नगर्ने बताएको छ। तालिबानले अफगानिस्तानमा रहेको इस्लामिक स्टेट (आईएस) समूहविरुद्धको लडाइमा अमेरिकासँग सहकार्य नगर्ने जनाएको हो ।

    आइएसविरुद्ध लड्न सहकार्य नगर्ने बताउँदै तालिबानले आफ्नो सरकार कमजोर बनाउने खेल नखेल्न अमेरिकालाई चेतावनी दिएको तालिबानका विदेश मन्त्री अमिर खान मुताकीले बताएका छन्।



    तालिबानले अफगानिस्तान कब्जामा लिएपछिको अमेरिका र तालिबानबीचको पहिलो भेटमा आइएसविरुद्ध लड्न आफूले अमेरिकी सरकारसँग सहकार्य नगर्ने बताएको हो।



    अमेरिकी सरकारका प्रतिनिधि टम वेस्ट नेतृत्वको टोली र तालिबानका शीर्ष नेताबीच कतारको राजधानी दोहामा शनिबार राति पहिलो पटक प्रत्यक्ष भेट भएको थियो। उक्त भेटमा तालिबानले चेतावनी दिएको हो ।

    मुताकीले आइतबार समाचार एजेन्सी बख्तरसँग भनेका छन्–‘नयाँ अफगानिस्तान सरकार कमजोर एवम् अस्थिर नबनाउन र आइएसविरुद्ध लड्न सहकार्य नगर्नेबारे हामीले अमेरिकालाई स्पष्ट रुपमा भनिसकेका छौं । अफगानिस्तानसँग राम्रो सम्बन्ध बनायो भने सबैको हित हुन्छ। हैन भने परिणाम नराम्रो हुन्छ।’

    अफगानिस्तानमा २० वर्षे अमेरिकी मिसन समाप्तीपछि तालिबान विरोधी आइएसले आतंकवादी गतिविधि बढाइरहेको बताइन्छ। आइएसविरुद्ध लड्न अमेरिकाले तालिबान सरकारलाई सहयोग गर्ने बताउँदै आएको थियो। तालिबानले आइतबार आइएस समूहका ८ सदस्यलाई पक्राउ गरेको बताएको छ। – एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार