Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद बैठक: 'गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन'

काठमाडाैं । प्रतिनिधिसभाको बैठकमा ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ भन्दै एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् ।

चालू नवौँ अधिवेशनको पहिलो बैठकदेखि नै एमाले सांसदहरूले नाराबाजी गर्दै आइरहेका छन् । सोमबार पनि रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले ‘देश लुट्न पाइँदैन, गोली हान्न पाइँदैन जनता मार्न पाइँदैन’ जस्ता भन्दै नाराबाजी गरिरहेका छन् ।

नाराबाजीकाबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कार्यसूचीमा प्रवेश गरेर मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस  गराएका छन।

बैठकमा कानुनमन्त्री दिलेन्द्र बडूले सो प्रतिवेदन पेस गरेका हुन् । प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको नाराबाजीबीच सो प्रतिवेदन पेस गरिएको हो ।

आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदमाथि कारबाहीको सूचना टाँस नगरेको भन्दै एमाले सांसदले सभामुख सापकोटाको विरोध गर्दै आएका छन् ।  एमालेले हिजोको बुटवल घटनापछि गोली हान्न पाइदैन जस्ता नाराहरु लगाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077